सशस्त्र प्रहरीमा परिचरदेखि जवानसम्म खुल्यो भर्ना (सूचनासहित)



काठमाडौं, भदौ ६ । सशस्त्र प्रहरी बलले परिचरदेखि प्रहरी जवानसम्म ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ ।

सशस्त्र प्रहरी बल मानव स्रोत विभागले शुक्रबार सूचना जारी गर्दै सशस्त्र प्रहरी जवान, भान्से, कुचीकार, सूचीकार, केशकर्तक र कचर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो ।

जसमा सशस्त्र प्रहरी जवानमा मात्रै ८७६ जनाको लागि दरखास्त आह्वान गरिएको छ ।

त्यस्तै भान्सेमा २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरी आठ सय ४६ जना खुला प्रतियोगिताद्वार पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सक्ने समयसीमा तोकिएको छ ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्