सुनको मूल्य सामान्य बढ्यो, चाँदीको के भयो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा चार सय रुपैयाँले बढेर तोलामा २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार सुन तोलामा २ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेर तोलामा ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधवार चाँदी तोलामा ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्