बेनी–जोमसोम सडकखण्ड र राप्ती राजमार्ग पहिरोका कारण अवरुद्ध



काठमाडौं । लगातार वर्षासँगै देशका विभिन्न भागमा सडक अवरुद्ध हुने क्रम बढेको छ । बिहीबार बिहान म्याग्दी र सल्यानमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड र राप्ती राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित भागमा बिहान ५ः२० बजे माथिबाट ठूलो पहिरो खसेपछि बेनी–जोमसोम सडकखण्ड पूर्णरूपमा बन्द भएको छ। यो सडक अवरुद्ध भएपछि म्याग्दी, मुस्ताङ र आसपासका जिल्लासँगको आवागमन रोकिएको छ।

त्यस्तै, बिहान ५स्२५ बजे सल्यानको कपुरकोट गाउँपालिका–बर्सेरी नजिकै पहिरो खस्दा राप्ती राजमार्ग पनि बन्द भएको छ। सडक अवरुद्ध हुँदा सल्यान हुँदै दाङ, रुकुमलगायतका क्षेत्रतर्फको यातायात पूर्णरूपमा प्रभावित भएको छ।

दुवै स्थानमा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सडक सफा गर्ने काम भइरहेको जिल्ला प्रशासनले जनाएको छ। तर निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्