पर्साबाट १४ लाख बढी अवैध रकमसहित दुई जना पक्राउ



वीरगन्ज । पर्सामा स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ परेका छन् । मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको १४ लाख बढी अवैध रकमसहित दुई जना वीरगन्जको इदगाहचोकबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाको वडा नम्बर– २ निवासी संजयकुमार साह र बारा महागढीमाई नगरपालिका निवासी शनिकुमार ठाकुर रहेका छन् ।

विशेष सूचनाको आधारमा जाँच गर्दा उनीहरूको साथबाट स्रोत नखुलेको १४ लाख १३ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरीले बताए ।

उनीहरूको साथबाट प्रहरीले बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको दुईवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

उनीहरूहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्