कैलाली उद्योग वाणिज्य संघको सदस्यमा व्यवसायी थापाको उम्मेदवारी घोषणा



धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनलाई लिएर धनगढीमा चुनावी माहोल तातेको छ । आगामी भदौ २८ गते हुने निर्वाचनमा दुई प्यानलबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने लगभग पक्का भइसकेको छ ।

संघको वर्तमान वरिष्ठ उपाध्यक्ष पुस्कर राज ओझा र पूर्व महासचिव रुपेस स्वाँर अध्यक्ष पदका लागि आमनेसामने हुने सहमति बनेपछि व्यवसायी वृतमा चासो झन् बढेको हो ।

यसैबीच स्वाँर प्यानलबाट व्यवसायी भगत बहादुर थापाले सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । करिब दुई दशकदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका थापा धनगढीको व्यवसायिक जगतमा इमानदार, लगनशील र सफल उद्यमीका रूपमा स्थापित छन् ।

उनी हाल होटल व्यवसायी संघ कैलालीको कोषाध्यक्ष तथा रिभर साइड यातायात प्रालिका सल्लाहकार सदस्यसमेत हुन् । त्यस्तै, थापा विजय गौरीशंकर ट्रेडर्स प्रालिका सञ्चालक पनि हुन् र बसपार्कमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका छन्।

समाजसेवामा समेत सक्रिय रहँदै आएका थापा सहयोगी, मिलनसार र दूरदर्शी व्यक्तित्वका कारण उद्यमी वृतमा लोकप्रिय मानिन्छन् । उनको उम्मेदवारीले चुनावी प्रतिस्पर्धामा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ ।

उनले व्यवसायीहरूको हित र संस्थागत सुदृढीकरणमा प्रभावकारी योगदान दिने अपेक्षा पनि गरिएको छ । संघमा हाल करिब एक हजारभन्दा बढी सदस्य छन् ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्