बम विस्फोट हुँदा तीन जनाको मृत्यु



एजेन्सी, चैत्र १३

बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको ज्यान गएको छ । ज्यान जानेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीले बताएका छन् । ज्यान जाने अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन सक्ने सिलहटका प्रहरी प्रवक्ताले बताएका छन् ।

घटनामा ४० जना घाइते भएका छन् । बिद्रोही र सुरक्षाकर्मीबिच भिडन्त भइरहेको भवन नजिक विस्फोट भएको हो । सिलहटमा सुरक्षाकर्मीले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ । अहिले बिद्रोहीलाई पक्राउ गर्ने अभियान तीब्रा पारिएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News