बर्दियाबाट भारततर्फ लैजाँदै गरेको ४८ लाख मूल्य बराबरको इलेक्ट्रिकल भेप बरामद
बर्दिया । बर्दियाबाट ४८ लाख भन्दा बढीको इलेक्ट्रिकल भेप बरामद गरिएको छ।
जिल्लाको मधुवन नगरपालिका-५ फुलराम चोकबाट अवैध रुपमा भारततर्फ साइकलमार्फत लैजाँदै गरेको १ हजार ९२० थान भेप शुक्रबार राति शक्तिपुर बीओपीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले बरामद गरेको हो।
प्रहरी देख्नसाथ तस्करहरु भेपको कार्टुन छोडेर फरार भएका थिए। बरामद सामग्री ८ वटा कार्टुनमा राखिएको थियो।
बरामद गरिएको भेप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।।
प्रकाशित मिति: ९ भदौ २०८२, सोमबार
















