सुनको मूल्य बढ्यो, चाँदीमा नयाँ रेकर्ड
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ ।
सुन आज तोलामा एक हजार पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ९८ हजार सात सय रुपैयाँमा कारोबार भइहेको छ ।
सुनको मूल्य सोमबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा भने नयाँ रेकर्ड कायम भएको छ । चाँदीमा आज तोलामा ५ रुपैयाँ बढेर प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
चाँदी अघिल्लो दिन प्रतितोला दुई हजार ३५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार
















