सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ बढेको छ । आज सुन तोलाको एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला दुई हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्