बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय युवकको मृत्यु



काठमाडौं । बुढानीलकण्ठ नगरपालिका-३ स्थित चपली चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुढानीलकण्ठकै भंगाल बस्ने २८ वर्षीय केवी गुरुङ छन् । मंगलबार राति उनले चलाएको बागमती प्रदेश-०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बा२ज ४९११ नम्बरको ट्याक्सीमा ठोक्किदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । त्यहाँबाट रेफर गरी हेम्स अस्पताल लगिएकोमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी काठमाडौंले जनाएको छ ।

ट्याक्सी चालक दीपक मोक्तानलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्