त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट ह्याक भएको छ ।
ह्याकरले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको वेबसाइट खुल्ने बित्तिकै ‘क्याप्टेन स्मोक थ्री आर’ राखिएको छन् । अर्थात ह्याकरको नाम उल्लेख गरिएको छ ।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट पनि ह्याक भएको थियो ।
अहिले साइटमा ‘ह्याक’ उल्लेख नगरी ‘पेज नट फाउन्ड’ लेखिएको छ । प्राधिकरणले अहिले साइट बनाउने काम भइरहेको बताएको छ ।
प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार
















