जुवा खेल्दै गरेका ६ महिलासहित २२ जना पक्राउ, झण्डै ११ लाख बरामद
नुवाकोट । नुवाकोटको एक होटलबाट जुवा खेल्दै गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा जुवा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत छन् ।
डीएसपी विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद समेत गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार
















