बस्ती क्षेत्रका कबाड व्यवसाय बाँकी राख्दैनौँ, कुनै सहमति हुँदैन : राजु पाण्डे
काठमाडौं । काठमाडौं महानगरपालिका नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले कबाड व्यवसायीसँग कुनै वार्ता नगर्ने बताएका छन् ।
महानगरको कार्यपालिका बैठकले निर्णय गरेर कबाड व्यवसाय हटाएकाले थप वार्ता नगर्ने उनले बताए ।
पाण्डेले भने- ‘महानगरको कार्यपालिका बैठकले नै कबाड व्यवसाय हटाउने निर्णय गरेको हो । जति आन्दोलन गरे पनि वार्ता, सहमति हुँदैन, महानगरले अब थप बाँकी रहेको ठाउँबाट कबाड व्यवसायीका टहरा हटाउने उनको भनाइ छ । अब बाँकी रहेका ठाउँबाट पनि कबाड व्यवसाय हटाउँछौँ । आवासीय क्षेत्रबाहेक जता गरे पनि केही भनेका छैनौँ । बस्ती क्षेत्रका कबाड व्यवसाय बाँकी राख्दैनौँ ।’
गत सोमबारदेखि कबाड व्यवसायीले महानगरको कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् । उनीहरूले पाँचबुँदे माग राख्दै संविधानले दिएको पेसा व्यवसाय गर्न पाउने अधिकारको ग्यारेन्टी हुनुपर्ने बताइरहेका छन् ।
प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार
















