लुम्बिनी प्रदेश सभा सदस्य पुन मगरको निधन



काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ ।

लामो समयदेखि मुटुसम्बन्धी समस्याबाट पीडित पुनको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन सेन्टरमा उपचारकाक्रममा हिजो निधन भएको हो । उनको उपचारकाक्रममा दुई वटा अप्रेसन गरिएको थियो ।

तीन हप्ताअघि उनको मुटुको भल्बको शल्यक्रिया गरी कृत्रिम भल्ब राखिएको थियो । लगत्तै शल्यक्रिया गरी शिशु निकालिएको थियो । शिशुको स्वास्थ्य अवस्था भने सामान्य छ ।

नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी पुन लुम्बिनी प्रदेशसभाको अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत थिइन् ।

प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्