कांग्रेसलाई धनकुटामा झट्काः काम गर्ने वातावरण नभएको भन्दै एकैपटक १९ जना नेताले छाडे पार्टी
धनकुटा । नेपाली कांग्रेसका १९ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।
उनीहरुले साधारण सदस्यसमेत नरहने गरी पार्टीसँगको राजनीतिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेका हुन् ।
पार्टी छाड्नेमा महाधिवेशन प्रतिनिधि तथा संविधानसभा सदस्य अञ्जना ताम्लीसहित धनकुटाका १९ जना छन् ।
सभापति गगन थापालाई पत्र लेख्दै दोस्रो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सदस्य रहेकी तथा कांग्रेस महासमिति सदस्य ताम्ली र कांग्रेस कोशी प्रदेश सदस्य मिना राईले कांग्रेस केन्द्रीय समितिलाई पत्र लेख्दै पार्टीमा बसेर काम गर्ने वातावरण नरहेको र पछिल्ला समयका वैचारिक मतभेदका कारण पार्टी छाड्नुपरेको उल्लेख गरेका छन् ।
कांग्रेसबाट अलग हुनेहरूमा क्षेत्रीय सदस्य युवेन तुम्बा, क्षेत्रीय प्रतिनिधि राजकुमारी राई तथा क्रियाशील सदस्यहरू भोलामान ताम्ली, कृष्ण लिम्बू, जितबहादुर याख्या, भुपाल तुम्बा, देव ताम्ली, सोनी लिम्बू, टंक ताम्ली, चन्द्रकला तुम्बा, इन्द्र तुम्बा, विष्णुभक्त लिंखा, प्रविणा तुम्बा, सुजन लिम्बू, धनबहादुर तुम्बा, उदयबहादुर तेयुङ र सुरेन तुम्बा रहेका छन् ।
पार्टी परित्याग गर्नेहरु हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा रहेको स्रोतको दाबी छ ।
यद्यपी पार्टी परित्याग गरेका नेताहरूले अबको यात्राबारे केही सार्वजनिक गरेका छैनन् ।
प्रकाशित मिति: २१ असार २०८३, आइतबार












