वीरगञ्जमा गृहमन्त्री लेखक- हैजा संक्रमितको स्वास्थ्यबारे लिए जानकारी



वीरगन्ज । गृहमन्त्री रमेश लेखकले वीरगञ्जका विभिन्न अस्पतालमा हैजा संक्रमितको स्वास्थ्यबारे जानकारी लिएका छन्।

शनिबार साँझ वीरगन्ज पुगेका गृहमन्त्री लेखकले वीरगन्जको नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका थिए।

गृहमन्त्री समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट मेडिकल फिल्डका जनशक्ति पठाउने निर्णय भएको बताए।

लेखकले भने- ‘नागरिकको जीवन जोगाउन कुनै कमी हुन दिन्नौँ। तपाईँलाई थप जनशक्ति वा औषधि आवश्यक भए नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको चिकित्सक टोलीका साथै औषधि र उपकरण तत्काल उपलब्ध हुन्छ । ‘यसका लागि केन्द्रीय सुरक्षा समितिको बैठकले निर्णय गरिसकेको छ।’

अस्पताल प्रशासनबाट माग भए सुरक्षा निकायबाट तत्काल जनशक्ति र औषधि उपलब्ध गराइने उनको भनाइ थियो।

प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्