बागमती प्रदेशसभाको बैठक बस्दै
बागमती । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ ।
बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, आजको प्रदेशसभा बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गतका विभिन्न विषयगत समिति सदस्यहरू हेरफेर गर्ने प्रस्ताव पेस गर्ने र विभिन्न निकायबाट प्राप्त पत्रहरू बाचन गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १५ भदौ २०८२, आइतबार
















