बाढीपहिरोले देशका १३ स्थानमा सडक अवरुद्ध



काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् ।

सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तै पासाङल्हामु राजमार्गको गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी-त्रिशुली-मैलुङ सडक बन्द छन्। ढोरपाटन-सालझण्डी, बेनी-दरवाङ सडक, भेरी करिडोर,कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट-डोल्पा सडकखण्ड पनि बन्द छन्।

सडक खुलाउन सुरक्षाकर्मी परिचालन गरिएका छन्। बाढीपहिरोका कारण बन्द भएका देशका विभिन्न भागका आठ सडकमा एकतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्