गोंगबुमा एक घरबाट चार करोड बरामद, एकजना पक्राउ
काठमाडौं । गोंगबुको टाउन प्लानिङस्थित एक घरबाट छापा हानेर गरगहनासहित चार करोड रुपैयाँ बरामद गरेको छ ।
आज जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठुलो परिमाणमा अवैध रकम राखिएको आशंकामा आज छापा हानेको हो ।
प्रहरीका अनुसार विनोद श्रेष्ठ गरेका व्यक्तिलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार
















