पुतलीसडकमा माइक्रोबसले ठक्कर दिँदा बालिकाको मृत्यु



काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले केहीबेर अघि पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका आशिका तामाङको मृत्यु भएको प्रहरी स्रोतले बतायो ।

घटनास्थलबाट ती बालिकालाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो ।

यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्