दशैंका लागि खसी-बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला



काठमाडौं । दशैंका लागि सरकारले खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ।

यसअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी, बोका र च्यांग्रा खरिदको अग्रिम बुकिङ खुला गरेको हो।

उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसी, बोका वा च्याङ्ग्रा छनोट गर्न सक्नेछन् ।

बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने खाद्य व्यवस्थाले जनाएको छ । बुकिङ गर्दा कोड नम्बर सुरक्षित राखेर खसी बोका तथा च्यांग्रा संकलन गर्दा नम्बर देखाउनुपर्नेछ।

बुकिङका लागि उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बेवसाइटमा गएर अनलाइनबाट अग्रिम भुक्तानी गर्नुपर्नेछ ।

च्याङ्ग्राका लागि एउटाको ५ हजार रुपैयाँ र खसी र बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लाग्ने छ ।

जुन रकम पछि खरिद गर्न नचाहेमा ग्राहकले फिर्ता पाउने छैनन्। अनलाइन बुकिङ असोज १४ गते सम्म जारी रहने छ ।

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्