रुपन्देही-३ उपनिर्वाचन : राप्रपा नेपालले अर्जुन थापालाई उम्मेदवार बनाउने



रुपन्देही । रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनका लागि राप्रपा नेपालले अर्जुन थापा कालुुलाई उम्मेदवार बनाउने भएको छ ।

जिल्ला कार्य समितिको सिफारिस बमोजिम पार्टीको लुम्बिनी समन्वय समितिले अर्जुन थापालाई उम्मेदवारको रूपमा केन्द्रमा एकल सिफारिस गरेको हो ।

केही दिनभित्रै उम्मेदवारीबारे केन्द्रले निर्णय गर्ने बताइएको छ । रुपन्देही ३ मा आगामी १७ कात्तिकमा उपनिर्वाचन हुँदै छ।

प्रकाशित मिति: १९ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्