खोटाङमा एक महिला मृत फेला
खोटाङ । खोटाङमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।
जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माकी ३६ वर्षीया देवीकला राई मृत भेटिएकी हुन्
मृतक राई अधिया धान खेतमा घोप्टो परी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
राईको शव पोस्टमार्टका लागि जिल्ला अस्पताल दिक्तेलमा लगिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।
प्रकाशित मिति: २० भदौ २०८२, शुक्रबार
















