मधेस प्रदेशमा आज सार्वजनिक बिदा



काठमाडौं । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सूचनामा भनिएको छ- ‘मधेश प्रदेश सरकारद्वारा २०८१ साल चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित ०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचना अनुसार भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो।’

केन्द्र सरकारले भने आज मुस्लिम समुदायका कर्मचारीलाई मात्रै सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति: २० भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्