सुनको मूल्य हालसम्मकै उच्च, दुई लाख १२ हजारमा कारोबार
काठमाडौं । नेपाली बजारमा आइबार सुनचाँदीको मूल्यले हालसम्मकै उच्च मूल्य कायम गरेको छ ।
सुन प्रतितोला १४ सय रुपैयाँ बढेर दुई लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन दुई लाख १० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी प्रतितोला दश रूपैयाँ बढेर दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । शुक्रबार चाँदी दुई हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार
















