कनेक्ट आईपीएसको शुभ यात्रा अफर, यस्ता छन् छुट सुविधा



काठमाडौं, भदौ २२
चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक भएको छ ।

यो अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आईपीएस मार्फत गर्दा भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ ।

क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, श्री एयरलाइन्स प्रा.लि., यति एयरलाइन्स प्रा.लि. र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्टआइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु १०१ क्यासब्याकका साथै ५ लक्की जोडीलाई माउन्टेन फ्लाईट जित्ने मौका पाउन सक्नेछन् । त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा ५०१ क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “YTCIPS300” प्रोमो कोड प्रयोग गरेर रु ३०० एयरलाइन्सको छुट संगै १० लक्की जोडीले माउन्टेन फ्लाईट जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आईपीएसको नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् ।

प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्