शिवम् सिमेन्टकोे ‘नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक
काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड ‘क्याम्पेन क्वालिटी’को मामलामा ‘नो कम्प्रोमाइज’ अन्तर्गतको तेस्रो भिडियो सार्वजनिक गरेको छ ।
सार्वजनिक भिडियोमा जीवनमा हुने एक एक सेकेण्ड समयको महत्वलाई दर्साइएको छ । जहाँ दुई साथीबीच एक जना समयमै आफ्नो यात्राको लागि एयरपोर्ट पुगिसकेको र अर्को एक जना आफ्नो जहाज उडान समय डिले हुने भन्दै निर्धारित समयसम्म घरै बसेको तर जहाज समयमै उड्न लागेको कुरालाई समयसंग जोडेर समयको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने सन्देश देखाइएको छ ।
यस अघि क्याम्पेनको पहिलो चरणमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीको जीवनमार्फत “कर्तव्यको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने सशक्त सामाजिक सन्देश मुलक प्रचार भिडियो सामग्री प्रस्तुत गरिएको थियो । यो भिडियोले समाजमा कर्तव्यबोध र उत्तरदायित्वप्रतिको चेतना फैलाउने उद्देश्य राखेको थियो ।
त्यस्तै दोस्रो भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत “सर्तकताको मामलामा ‘नो कम्प्रोमाइज’ भन्ने सन्देश दिन खोजेको छ । यो भिडियोले विश्वास पात्रहरूबाट हुनसक्ने धोका, छलकपट बारे सचेत गराउँदै, सामान्य जीवनका निर्णयहरूमा पनि विवेक र सतर्कता आवश्यक हुन्छ भन्ने कुरामा जोड दिएको छ । उक्त सामाजिक सन्देश मुलक विज्ञापन दर्शकहरुले अत्याधिक रुचाएका थिए ।
शिवम् सिमेन्टको यो अभियान केवल विज्ञापन मात्र नभएर समाजप्रतिको उत्तरदायित्व र जनचेतना अभिवृद्धिमा केन्द्रित छ । ‘नो कम्प्रोमाइज’ भन्न जति सजिलो छ त्यतिनै व्यवहारमा पुरा गर्न गाह्रो छ, तर जसले पुरा गर्छ, उसको शिर सँधै ठाडो हुन्छ” भन्ने सन्देश मार्फत, शिवम् सिमेन्टले आफ्नो गुणस्तरमा कहिल्यै सम्झौता नगर्ने नीति झनै मजबुत रूपमा प्रस्तुत गरेको छ ।
शिवम् सिमेन्टले स्थापना कालदेखि नै केवल ओ.पी.सी. (ordinary portland cement) सिमेन्ट उत्पादन तथा विक्रि गर्दै आएको छ । कम्पनीले सधैं गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा विश्वास गर्दै आएको छ र जस्तो सुकै परिस्थितीमा पनि आफ्नो ल्य अयmउचयmष्कभ को बाचा पुरा गर्दै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ ।
“गुणस्तरको पहिचान हो शिवम्”, “भरोसा अटुट सम्बन्धको”, “कर्तव्यको मामलामा ‘नो कम्प्रोमाइज’ जस्ता नाराहरूले शिवम् ब्राण्डको मूल सिद्धिन्तलाई दर्शाउँछ । यसै प्रतिबद्धताको सम्मान स्वरूप शिवम् सिमेन्ट नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ जसले उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार एनएस क्वालिटी अवार्ड-2019 समेत प्राप्त गरिसकेको छ ।
प्रकाशित मिति: २३ भदौ २०८२, सोमबार
















