एनसेलले भन्यो– ‘हामी फेरी उठ्ने छौं, तपाईंहरू सँगै’
काठमाडौँ २९ भदौ । एनसेलले फेरी उठ्ने प्रतिप्रद्धता जनाएको छ । एनसेलले एक विज्ञप्ती जारी गर्दै जेन्जी आन्दोलनका क्रमममा भएका तोडफोड र आगजनीले पुर्याएको क्षतीबाट उठने जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ -‘काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’ सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूलाई गम्भीर क्षति पु¥याएको कुरा गहिरो दुःखका साथ पुष्टि गर्दछौं । यी घटनाले भौतिक क्षति मात्र नभई कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा पनि गम्भीर जोखिम उत्पन्न गराएका थिए ।
यी चुनौतीहरूको बाबजुद, एनसेल सधैं झै देश र आम जनमानसलाई दूरसञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित राख्ने आफ्नो मूल उद्देश्यमा अडिग रह्यो । संकटको समयमा सहज रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नका लागि हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गरायौं । हामीले विगत २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा पु¥याउने कार्यलाई प्रमुख प्राथमिकता दिँदै आएका छौं र यसले हाम्रो ग्राहकप्रतिको अटुट समर्पणलाई स्पष्ट रुपमा प्रतिबिम्बित गर्दछ ।
अब नेपाल अन्तरिम सरकारको नेतृत्वमा नयाँ अध्यायतर्फ अघि बढ्दै गर्दा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौं। देशका युवाहरुको अगुवाइमा गरिएको यस आन्दोलनले ल्याएको परिवर्तनलाई हामी स्वागत गर्दछौं र यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने सामूहिक आशा हामी साझा गर्दछौं ।’
२० वर्षदेखि एनसेलले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नेपालको रुपान्तरण यात्रामा साथ दिँदै, रोजगारी सिर्जना, आर्थिक वृद्धिलाई गति प्रदान गर्दै र डिजिटल नेपाल निर्माणको भिजनमा योगदान पु¥याउँदै आएको जनाएको छ ।
प्रकाशित मिति: २९ भदौ २०८२, आइतबार
















