सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १५ हजार २०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख १५ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ५७५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

आइतबार प्रतितोला चाँदी दुई हजार ५७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्