सुनको मूल्य उच्चबाट तोलामा १७ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन हालसम्मकै उच्च मूल्यबाट तोलामा १७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख २१ हजार ३०० रुपैयाँ कायम छ । बुधबार छापावाल सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तैचाँदीको मूल्य पनि उच्च विन्दुबाट तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ६८५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्