फेसबुक र एक्समा प्रधानमन्त्री कार्कीको नामका फेक आइडी, कारबाहीको चेतावनी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर)मा फेक आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोष्टको भ्रममा नपर्न आग्रह गरेसँगै फेक आइडीबारे तथ्य बाहिर आएको हो ।
फेसबुर र एक्समा प्रधानमन्त्री सुशीला कार्कीको नामका फेक आइडी, कारबाहीको चेतावनी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर)मा फेक आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएको पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोष्टको भ्रममा नपर्न आग्रह गरेसँगै फेक आइडीबारे तथ्य बाहिर आएको हो ।
कार्यालयले आइडी नक्कली भएको भन्दै यस्तो गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबोजिम कारबाही हुने चेतावनी समेत दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाई फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोष्टहरु गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ । साथै, यस किसिमको गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही हुने ब्यहोरासममेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार