रास्वपाका संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले दिए राजीनामा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले राजीनामा दिएका छन् ।
अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएको सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए ।
‘प्रभातजीले आज राजीनामा दिनुभएको हो । तर के कारणले राजीनामा दिएको भन्ने कुरा खुलेको छैन’, बोहराले भने ।
यसअघि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन् ।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार
















