धादिङमा छोराले गरे आमाको बीभत्स हत्या



काठमाडौं । धादिङमा आमाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल छन् ।

५५ वर्षीया आमा रमामायाको हत्या गरेको उनीमाथि आरोप छ । गए राति धारिलो हतियार प्रहार गरी यमबहादुरले आमाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवं एसपी भेषराज रिजालले जानकारी दिए ।

घटनालगत्तै खटिएको प्रहरी टोलीले यमबहादुरलाई धारिलो हतियारसहित नियन्त्रणमा लिएको उनले बताए ।

पोस्टमार्टमका लागि शव धादिङ अस्पतालमा ल्याइएको छ भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्