सुनको मूल्य तोलामा ७ हजार रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
शुक्रवार सुनको मूल्य तोलामा ७ हजार १०० रुपैयाँ बढेर तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार
















