विश्वकप क्रिकेट लिग-२: अमेरिकाविरुद्ध फिल्डिङमा नेपाल



काठमाडौं । नेपालले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।

युएईको दुबइ अन्तर्राष्ट्रिय रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए।

लिग–२ मा निकै संघर्ष गरिरहेको नेपाल अमेरिकालाई हराउँदै सुखद सुरुआतको लक्ष्यमा रहनेछ। नेपाल लिग–२ का चार शृंखलमा १६ खेल खेल्दा १२ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। यता अमेरिका २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा छ।

एकदिवसीय अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच हालसम्म ९ खेल भएका छन्। जसमा दुवै टोलीले समान चार खेल आफ्नो पक्षमा पार्दा एक खेल विना नितजा टुंगिएको छ।

नेपालले लिग२ का पछिल्ला दुई खेलमा भने अमेरिकासँग क्रमशः तीन विकेट र ३७ रनको पराजय बेहोरेको छ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्