Deshko News
१२ मंसिर २०८०, मंगलबार

कोलम्बियामा आर्थिक, सामाजिक तथा पर्यावरणीय आपतकालको घोषणा


 


एजेन्सी ,चैत्र २२
कोलम्बियामा लगातारको वर्षासँगै आएको बाढी तथा पहिरोमा परि दुई सय भन्दा धेरैको ज्यान गएपछि राष्ट्रिय आपतकालिन अवस्थाको घोषणा गरिएको छ । मोकोएमा गएको पहिरोमा परि ज्यान गुमाएका पहिलो व्यक्तिको अन्तिम संस्कार गरेलगतै राष्ट्रपति आन म्यानुएल सान्तोसले देशमा आर्थिक, समाजिक तथा पर्यावरणीय आपतकालको घोषणा गरेका छन  ।

नेपाली समय अनुसार शनिबार बेलुका गएको पहिरोमा परि दुई सय ६२ जनाको ज्यान गएको पुष्टि भएको छ । उनीहरुको सबैको सामूहिक श्रद्धान्जली सभा पनि गरिएको छ । पहिरोमा परि हराएको खोजी तथा राहतको काम अहिले पनि भइरहेको छ । चार सय भन्दा बढी मानिस घाइते भएको घटनामा दुई सय भन्दा धेरै अझै हराइरहेका छन् ।

घटनाको ७२ घण्टा बितिसकेकाले हराएको जीवितै उद्धार गर्ने सम्भावना टरेको रेड क्रसले जनाएको छ । कोलम्बिया सरकारले पहिरो प्रभावितको सहयोगका लागि एक करोड ३९ लाख अमेरिकी डलर खर्च गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्