एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले शेयरधनीहरुका लागि ६ प्रतिशत बोनस शेयर, १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को लागि जि. पि. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतबाट पारित गरेको बैंकले जनाएको छ ।
प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार
















