सुनको मूल्य वृद्धि, तोलाको कति ?



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

शुक्रबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्