बालेन लक्षित गायिका ज्योती मगरको ब्याङग्यातमक टिप्पणी- खास बुढी मार्न खोजेको काल पल्क्यो ब्रो…



काठमाडौं । लोकदोहोरी गायिका तथा मोडल ज्योती मगरले काठमाडौं महानगरका मेयर बालेन शाहलाई जेनजी उक्साएर देश जलाएको आरोप लगाएकी छिन् ।

उनले आज समाजिक सञ्जालमा फेसबुकमा ब्याङग्यातमक स्टाटस लेख्दै बालेनको आलोचना गरेकी हुन् ।

उनले लेखेकी छन्- ‘गरिब को चमेली बोल्दिने कोइ छैन भन्दै गरिब हरु को ठेला उठाउनु भो, म नेपाल हासेको हेर्न चाहन्छु भन्दै जेन्जी उक्साएर सर्लक्कै देश जलाउनु भो…, जुन जुन शक्ति को आड मा फिल्मी स्टाइल मा बितन्दा मच्चाउनु भो त्यही शक्ती हरु ले थेचार्न थाले पछि को असन्तुष्टि छर्लङ्ग…,धन्न सु सु गर्न उठेको भाउजू ले आधा घण्टा मै थाहा पायर डिलेट गर्न लाउनु भो नत्र कति धेरै भिउज,लाइक,कमेन्ट हरु आउथ्यो…।

मेयर शाहले गएराति सामाजिक सञ्जाल फेसबुकमा अश्लील र आपत्तिजनक स्टाटस लेखेपछि उनको चर्को आलोचना भइरहेको छ ।

यस्तै केहि नेताहरुले पनि बालेनको स्टाटुप्रति आपत्ति जनाएका छन् ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्