राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा, को कहाँ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा गरिएको छ ।
राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुनेगरि ११ जना कार्यकारी निर्देशकको सरुवा गरेका हुन् ।
सरुवा गरिएसंगै जिम्मेवारी पनि तोकिएको छ।
यसअनुसार विदेशी विनिमय व्यवस्थापन विभागबाट रेवती प्रसाद नेपाललाई सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभागबाट रामु पौडेललाई बैंक तथा वित्तीय संस्था नियमन विभाग, गभर्नरको कार्यालयमा रहेका राजन विक्रम थापालाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, मानव संसाधन व्यवस्थापन विभागमा रहेका विश्रुत थापालाई वित्तीय संस्था सुपरिवेक्षण विभागमा लगिएको छ।
यसैगरी संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट अनुज दाहाललाई मुद्रा व्यवस्थापन विभाग, मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मालाई गभर्नरको कार्यालय, बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोख्रेललाई मौद्रिक व्यवस्थापन विभागमा लगिएको छ।
यसबाहेक बैंक तथा वित्तीय संस्था नियमन विभागबाट गुरुप्रसाद पौडेललाई मानव संसाधन व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभागबाट किरण पण्डितलाई विदेशी विनिमय व्यवस्थापन विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका डा. सत्येन्द्र तिमिल्सिना भने भुक्तानी प्रणाली विभाग र सम्पत्ति तथा सेवा व्यवस्थापन विभागबाट रोशन कुमार सिग्देललाई बैंकिङ विभागको जिम्मा दिइएको छ।
प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलबार
















