गगनलाई कोसी सभापति थापाको चुनौती- हाम्रो नेतृत्वमा जनताले भोट हाल्दैन भन्ने ग्यारेन्टी दिनुस्, राजीनामा दिन तयार छौं



काठमाडौं। नेपाली कांग्रेस कोसी प्रदेशका सभापति उद्धव थापाले पार्टी भित्रैबाट गल भाष्य निर्माण गर्दा जनता र कार्यकर्तामा अन्योल बढेको जिकिर गरेका छन्।

बत्तीसपुतलिमा जारी संस्थापन पक्षको नियमित महाधिवेशन दबाव भेलामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले केन्द्रीय महामन्त्रीहरूबाटै जनतामा पार्टीको इमेज बिगार्ने गरि गलत भाष्य निर्माण गरिएको बताए।

उनले भने- ‘कसैले प्रमाणित गर्दिनुस्, ग्यारेन्टी दिनुहोस् हाम्रो नेतृत्वमा भोट आउँदैन भनेर । हामी राजीनामा दिन तयार छौँ । भोट कस्ले हाल्छन् कस्ले हाल्दैनन् भनेर ठेक्का लिइदिने को छन् ?’

उनले कांग्रेसलाई जनताले भोट हाल्दैन, जनतामा जान सकिँदैन भन्ने भाष्यले पार्टी लाई क्षति पुराइरहेको बताए।

उनले भने- ‘मुलुक खरानीमाथी छ। पहिले मुलुकलाई यसबाट मुक्त गरौँ । चुनावबाट प्रतिनिधिसभा आएपश्चात् संवसधानमा देश सहि दिशामा हिड्छ।’

अहिलेका लागि राष्ट्रको हित प्राथामिक भएको भन्दै उनले पार्टी जीवनको सुधार त्यसपश्चात गर्न सकिने उनले तर्क गरे।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्