कहाँ कस्तो छ आजको मौसम ?



काठमाडौं, कार्तिक २१ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्