रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनको सौराहमा सुरु भएको छ ।
दुई दिनसम्म चल्ने बैठकको सभापतित्व पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले गरेका छन् ।
अर्यालले राजनीतिक र उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्ने जनाइएको छ ।
प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार












