सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।

आज सुनको मूल्यप्रति तोलामा ६०० रुपैयाँ बढेर २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार सुन तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर तोलाको ३ हजार २० रुपैयाँ कायम भएको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कारोबार भएको थियो।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्