बसको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक पक्राउ



हेटौँडा, कार्तिक २३ । मकवानपुरको हेटौँडामा बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

हेडौँडा–९ माष्टरचोकस्थित पूर्व पश्चिम सडक खण्डमा शनिबार राति ११ बजेतिर बसले ठक्कर दिँदा नामथर नखुलेका अन्दाजी ३२ वर्षका पैदल यात्रीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, जनकपुरबाट काठमाडौँ आइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुबाहक बसले पैदल यात्रीलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई हेटौँडा अस्पताल ल्याइएकामा राति ११ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले बस चालक महोत्तरी, रामगोपालपुर –६ का ३३ वर्षीय सुजय कुमार सिंहलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्