उपसभामुख ठाकुरले जनकपुर पुगेर आफ्नै खेतमा रोपिन् धान



काठमाडौं । देशका विभिन्न स्थानमा धान रोपाइँ गरेर राष्ट्रिय धान दिवसका दिवस मनाइएको छ ।

यसै क्रममा उपसभामुख रुबीकुमारी ठाकुरले धनुषाको जनकपुरस्थित मुजेलिया क्षेत्रमा रहेको आफ्नै खेतमा पुगेर धान रोपेकी छन् ।

कृषिसँग आफ्नो पारिवारिक सम्बन्ध रहेको उल्लेख गर्दै ठाकुरले उपसभामुख निर्वाचित हुनुअघि पनि नियमित रूपमा खेतबारीको काममा संलग्न रहने गरेको पनि बताएकी छन्।

हरेक वर्ष १५ असारमा मनाइने राष्ट्रिय धान दिवस धान खेतीको महत्त्व उजागर गर्नुका साथै कृषिप्रति आकर्षण बढाउने उद्देश्यका साथ देशभर विविध कार्यक्रमसहित दही चिउरा खाँदै मनाइँदै आएको छ।

प्रकाशित मिति: १५ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्