नेकपा एकीकृत समाजवादी पुनर्गठन, संयोजकमा भुसाल



काठमाडौं, कार्तिक २३ । नेकपा (एकीकृत समाजवादी) पुनर्गठन गर्दै घनश्याम भुसाललाई संयोजक तोकिएको छ ।

विभाजनपूर्व पार्टी महासचिव रहेका भुसाललाई शनिबार भर्जुअल रुपमा बसेको केन्द्रीय सदस्यको बैठकले संयोजक तोकेको हो । बैठकले पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राख्ने, यद्यपि कानूनी र संसदीय व्यवस्थाका विषयलाई अध्ययन गर्दै आवश्यकताका आधारमा अगाडि बढ्ने निर्णय मिटिङले गरेको छ ।

विशेष महाधिवेशनअघि मंसिरमै राष्ट्रिय भेला आयोजना गरिने निर्णय समेत भएको बैठकमा सहभागी केन्द्रीय सदस्य अमृतसागर बस्नेतले बताए ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्