सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ।
आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढे २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्यमा भने गिरावट आएको छ।
तोलामा ५ रुपैयाँले घटेर चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार
















