मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका यादव नियुक्त
काठमाडौं, कार्तिक २४ । मधेस प्रदेशको मुख्यमन्त्रीमा एमाले केन्द्रीय सदस्य एवम् संसदीय दल नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आइतबार अबेर राति यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् । यादवलाई मुख्यमन्त्री नियुक्त गरेर प्रदेश प्रमुख भण्डारी भने काठमाडौं लागेकी छन् ।
बर्दिबास र सिन्धुलीको सिमाना स्थित एक होटलमा नियुक्तिपत्र प्रदान गरेर सोही ठाउँमा सपथ गराएको बताइएको छ ।
पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले मधेस प्रदेशका जनताप्रति धोका भएको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार












