दुई दिनसम्म स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
काठमाडौं, कार्तिक २५ । दुई दिनसम्म स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनको शोकमा आइतबार र सोमबार स्थगित भएको बैठक आज बस्न लागेको हो ।
करिब एक महिनादेखि जारी बैठकमा नियमित कि विशेष महाधिवेशन भन्ने विवाद पेचिलो बन्दै गएको छ ।
संस्थापन पक्षले महाधिवेशन गर्ने योजना बनाएको छैन। अर्को पक्षले भने नियमित महाधिवेशन नभए विशेष महाधिवेशन हुनैपर्ने अडान अगाडि सारेको छ ।
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार












